दुर्गम की अप्सरा 'रारा'

रारा ताल , मुगु


सगरमाथाको उचाइले गर्व छ । बुद्धको लुम्बिनीले मनमोहित छु । यस देशको संस्कृति ले चर्चित छु । यती मात्र नभई प्राकृतिक सुन्दरता ले भरिपुर्ण मेरो देश विश्व सामु चर्चित छ। मलाई यहाँ दुःख लाग्छ किनकि मेरो जिल्ला हिजो मात्र होइन । आज पनि हेपिएको छ। हिजो राजतन्त्र होस् या राणा कालमा । विकास निर्माण र अवसर बाट मुगु मात्र नभई सिंगो कर्णाली सधै हेपियो। देशमा प्रजातन्त्र आउँदा पनि कर्णाली बासि ले लाभ लिन सकेनन्। अहिले देशमा संघीयता लागू हुँदा पनि राज्य बाट अझैं सौता को व्यवहार कायमै छ। राजनितिक र कागजी रूपमा रारालाई विभिन्न अवसर दिइयो केवल आफ्नो स्वार्थ पूरा गर्न मात्र। आफ्नो जन्म ठाउँको परिचय दिदा मुगु जिल्ला भनेर चिनाउन खोज्दा कतिपयलाई थाहा नहुँदा 'रारा ताल' भएकाे ठाँउ भनेर चिनाउने गर्छु। अब त्यसरी नी बुझेनन् भने विकट कर्णाली त चिन्नु भा होला भनेर भन्छु । दुःख लाग्छ बिकट भनेर चिनाउदा तर राज्यले नै विकट भनेर उपनाम दिएको छ।


कत्तिलाई थाहा नहुनसक्छ रारा काे बारेमा त्यसको बारेमा केही जानकारी दिएकाे छु। अञ्चलको मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो । यो ताल समुद्र सतहदेखि २,९९०मिटर उचाईंमा अवस्थित छ । जिल्लाको सदरमुकाम गमगढीबाट परिश्चम तर्फ करीब ३ घण्टाको पैदल यात्रा गरेपछि राराताल पुगिन्छ । १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको अधिकतम लम्वाई ५ किलोमिटर र अधिकतम चौडाई ३.२ किलोमिटर छ भने गहिराई १६७ मिटर छ । प्रकृतिको उपहारको रूपमा श्रृजित रारा ताल लाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली यसमा पाइने कस्तुरी, रतुवा जस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीहरूले समेत थप शोभा पुर्याएका छन् । यसको वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

प्रकृति प्रेमी हरुका लागी रारा एक गन्तव्य ठाउँ हुन सक्छ । रारा ताल घुम्न आउने आन्तरिक र विदेशी पर्यटक हरुका लागि मोटोर बाटो र हावाई मार्ग  लाई प्रथामिकता दिई पर्यटक हरुका लागि रारा ताल नजिकै राम्रो बासको व्यवस्था हुने हो भने पर्यटक को संख्या अझै दोबर ले बढ्ने छ।  रारा ताल लाइ अझै पूर्वाधार विकासमा जोड्न सके केन्द्र र प्रदेश सरकार ले राज्य क्षेत्र मा आम्दानीको एउटा राम्रो श्रोतकाे केन्द्र बनाउन सक्छ ।


भोजराज शाही

खत्याड ३, मुगु

हाल भैरहवा

Comments

Post a Comment