जब मान्छेहरूले धेरै किताबहरू पढ्छन् तब जिन्दगीमा यस्तो परिवर्तनहरू आउँछन

 किताब पढ्नुको फाइदा

---------

जब मान्छेहरूले धेरै किताबहरू पढ्छन् तब जिन्दगीमा यस्तो परिवर्तनहरू आउँछनः


१, गरिब, दुःखी, बिरामी, बृद्ध-बृद्धा, भिखारीहरुमा पनि मान्छेहरू देखिन थाल्छन् |


२, बन्दुक र चक्कु भन्दा खतरनाक हतियार जिब्रो र शब्द हो भन्ने बुझिन्छ |


३, आखिरमा चोरले किन चोरी गर्छ भन्ने बुझिन्छ |


४, कसैबाट गल्ती भएमा उसलाई माफ गर्ने हौसला आउँछ |


५, कहाँ बोल्नु पर्छ र कहाँ चुप बस्नु पर्छ बुझिन्छ |



६, आमा-बुबाको मूल्य बुझिन्छ |


७, ब्रेकअप, छोडपत्र, प्रियजनहरूको मृत्यु जस्ता कुराहरूले जिबन समाप्त हुन्छ भन्ने गलत बुझाई समाप्त हुन्छ | जिबनमा यस्ता घटनाहरू पनि सामान्य लाग्न थाल्छन् |


८, सामाजिक सञ्जालमा जो मान्छेहरू हँसिलो तस्वीरहरू पोष्ट गर्दछन् बास्तबमा उनीहरू कति दुःखी हुन्छन् भन्ने बुझिन्छ !


९, प्रेम र काम बासनाको अन्तर बुझिन्छ |


१०, स्वास्थ्य सबै भन्दा अनमोल सम्पत्ति हो भन्ने बुझिन्छ |


११, यदि सच्चा आचरणको कारण किताब पढ्ने मान्छेहरू हारे पनि उनीहरूमा आत्महत्याको बिचार दिमागमा आउँदैन |


११, जो संग करौडौंको सम्पत्ति हुन्छ उनीहरूको गरिबी र जो दैनिक १००-२०० रूपैयाँ कमाउँछन् उनीहरूको समृद्धि देखिन्छ |


१२, जिबनमा शिक्षाको महत्व बुझिन्छ |


१३, फिल्ममा नाटक गर्ने कलाकार त सबैले देख्दछन् तर दैनिक बास्तबिक जिबनमा धेरै मान्छेहरूले त्यो भन्दा राम्रो नाटक गरिराखेका हुन्छन् | यो तथ्य केवल धेरै किताब पढ्ने अनुभबी मान्छेहरूले मात्र पहिचान गर्न सक्छन् |


१४, धेरै किताब पढ्ने मान्छेहरूलाई केबल एउटा मात्रै जातको बारेमा थाहा हुन्छ त्यो हो- मानबता |


१५, हारेका मान्छेहरूलाई प्रेरित गर्नाले उनीहरूले फेरी जित्न सक्छन् यो अध्ययनशील मान्छेहरूलाई थाहा हुन्छ |


१६, यस धरतीमा १ प्रतिशत मान्छेहरू असल हुन्छन् र १ प्रतिशत मान्छेहरू खराब हुन्छन् ! बचेका ९८ प्रतिशत हामी सबै मान्छेहरू मात्र उनीहरूको अनुयायी हौं | केही मान्छेहरू असल मान्छेहरूको अनुकरण गरेर असल बन्दछन् र केही मान्छेहरू खराब मान्छेहरूको पछि लागेर खराब बन्दछन् | यो तथ्य अध्यनशील मान्छेहरूलाई थाहा हुन्छ |


१७, अध्ययनशील मान्छेहरूले अरूमाथि हिलो छ्याप्दैनन् बरू समय -समयमा आफ्नो चश्मा सफा गर्दछन् |

Comments

  1. I really appreciate this heart touching lines
    Thank you 🙏 #bikash Chapagain for this collect knowledgeable lines

    ReplyDelete

Post a Comment